हामीसँग जोडिनुहोस

भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा

1 मिनेट

काठमाडौं, २५ कार्तिक ।

भारत र अष्ट्रेलियाबीच हुने बोर्डर–गावस्कर ट्रफीका लागि अस्ट्रेलियाले आफ्नो टिम घोषणा गरेको छ । अष्ट्रेलियाले नोभेम्बर २२ देखि शुरु हुने यस सिरिजका लागि १३ खेलाडीको टोली घोषणा गरेको छ ।

अस्ट्रेलियाले भारत विरुद्धको टेष्ट खेलका लागि दुई अनक्याप्ड खेलाडीलाई टोलीमा समावेश गरेको छ ।दुई टोलीबीचको पहिलो टेष्ट खेल नोभेम्बर २२ बाट पर्थमा सुरु हुनेछ । अष्ट्रेलियामा भारत ए विरुद्ध खेलिएको अनौपचारिक टेस्ट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका नाथन म्याकस्विनीलाई टोलीमा सम्भावित ओपनर ब्याट्सम्यानका रूपमा छनोट गरिएको छ । यो सिरिज र विशेषगरी पहिलो खेल भारत र अष्ट्रेलिया दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । किनभने पहिलो टेस्ट म्याच विश्व टेस्ट च्याम्पियनसिपको अंकका लागि खेलिएको खेलमध्ये एक हो । विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा भारत पहिलो र अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

भारतीय टोली अष्ट्रेलियामा राम्रो प्रदर्शन गर्दै लगातार तेस्रो पटक विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्न चाहन्छ । यसअघि भारतले घरेलु मैदानमा न्युजिल्यान्डसँगको सिरिज ३–० ले गुमाएको थियो ।

अष्ट्रेलियाको टिम- प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, उसमान ख्वाजा, स्टिभ स्मिथ, मार्नस लाबुसचेन, स्कट बोलान्ड, एलेक्स केरी, जोस हेजलवुड, जोस इंग्लिश, नाथन लियोन, मिचेल मार्स, नाथन म्याकस्विनी र मिचेल स्टार्क ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।