
विराटनगर,२५ कार्तिक ।

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।
उनलाई आइतबार दिउँसो विराटनगरबाट काठमाडौं गई प्रहरी अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय लगिँदै गरेको बताइएको छ।
मुख्यमन्त्री कार्यालयबाट आएको विश्वसनीय स्रोतका अनुसार उनलाई आजै प्रहरी नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि उनलाई आजै काठमाडौं पठाउने तयारी रहेको बताइएको छ। तर, मोरङ प्रहरीले भने उनी पक्राउ परिसकेको बारे कुनै प्रतिक्रिया दिएको छैन।
जापान काण्डमा मुछिएपछि अधिकारीलाई एमालेले मन्त्रीबाट राजीनामा गराउनुका साथै पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






