हामीसँग जोडिनुहोस

प्रधानमन्त्री ओली आज जुम्ला जादै

1 मिनेट

जुम्ला,२८ कार्तिक ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जादैछन्।

आज हुने समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली जुम्ला जान लागेका हुन्। ओली आज बिहान ११ बजे जुम्लाका लागि प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत भदौ २३ गते हुने प्रथम दीक्षान्त समारोहमा प्रधानमन्त्री आउन नसकेपछि दीक्षान्त समारोह स्थगित भएको थियो। प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलका अनुसार कर्णाली क्षेत्रकै बहुप्रतिष्ठित स्वास्थ्य क्षेत्रको धरोहरको रुपमा मानिने प्रतिष्ठानले प्राविधिक उच्च शिक्षा अध्ययन सकेका विभिन्न तहका ५८ जना विद्यार्थीलाई ओलीले दीक्षित गर्ने कार्यक्रम तय भएको छ।

प्रतिष्ठानको नवनिर्माण भएको शैक्षिक भवन उद्घाटन गर्नेसहितका विभिन्न थप कार्यक्रम पनि रहेको छ। दीक्षान्त समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, अमेरिकास्थित हार्डबर्ड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्टेन्थेनिङका डाइरेक्टर क्रिष्टिन मसिंगर समेत आउने कार्यक्रम छ।

कर्णाली प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डवलबहादुर धामीका अनुसार प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८ जना, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ जना रहेका छन्।

गत भदौ २३ गते प्रधानमन्त्रीको व्यस्तताको कारण दीक्षान्त समारोह स्थगित गरी कात्तिक २८ गते तोकिएको निर्धारित कार्यक्रम भएको उपकुलपति डाक्टर रावलले जानकारी दिए।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।