हामीसँग जोडिनुहोस

भक्तपुर नगरपालिका-३ स्थित नासमनामा एक वृद्धाको हत्या

1 मिनेट

भक्तपुर,२९ कार्तिक ।

भक्तपुर नगरपालिका-३ स्थित नासमनामा एक वृद्धाको हत्या भएको छ।

९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो।

बिहान तरकारी किनेर घर गएकी विष्णुकुमारी  दिनभरि पनि घरबाहिर ननिस्केपछि साँझ आफन्तले घरमा हेर्न जाँदा मृत अवस्थामा फेला पारेपछि प्रहरीलााई खबर गरेका थिए।​

वृद्धा महिला घरमा एक्लै भएको मौका छोपेर चोरी गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ । यद्यपि, प्रहरीले हत्या सम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद घिमिरेका अनुसार घटना के-कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

घटनास्थल भक्तपुर दरवार क्षेत्रको ३ सय मिटर उत्तरमा पर्छ। मृतक विष्णुकुमारीको शवलाई पोशमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।