
काठमाडौं,३० कार्तिक।
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।
मृतकहरूको पहिचान खुलिसकेको छैन।
घाइतेहरूको उद्धार जारी रहेको छ। उनीहरूलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।