हामीसँग जोडिनुहोस

मंसिरका लागि १६ बैंकले घटाए ब्याजदर

1 मिनेट

काठमाडौँ,३० कार्तिक।

मंसिर महिनामा पनि ब्याजदर घट्ने भएको छ । मंसिरका लागि प्रकाशित नयाँ ब्याजदर अनुसार १६ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी बैंकको ब्याजदर स्थिर रहँदा ब्याजदर बढ्ने बैंकको संख्या शुन्य छ ।

नयाँ महिनाका लागि प्रकाशित ब्याजदर तालिका अनुसार साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् । त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत ११ वटा बैंकको ब्याजदर घट्दा र एकवर्षे संस्थागत मुद्दती खातामा १२ वटा बैंकले ब्याज घटाएका छन् । संस्थागत मुद्दती खाताको ब्याजदर त ३ प्रतिशत भन्दा कम समेत कायम गरिएको छ ।

कृषि विकास बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राख्दा र व्यक्तिगत मुद्दती खातामा ०।७४ प्रतिशत र संस्थागत मुद्दती खाताको ब्याजदर १।२५ प्रतिशत विन्दुले घटाएको छ । मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३।०० प्रतिशत, ४।२६ प्रतिशत र २।५० प्रतिशत ब्याज दिनेछ जनाएको छ ।

सिटिजन्स बैंक मंसिर महिनाका लागि सबै प्रकारका खाताहरुको ब्याजदर स्थिर राखेको छ । यस अनुसार बैंकले मंसिर महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३।००५ प्रतिशत, ५।७५ प्रतिशत र ४।०० प्रतिशत ब्याजदर कायम गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।