हामीसँग जोडिनुहोस

नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु

1 मिनेट

काठमाडौं, ३० कार्तिक।

नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको कार्यक्रमका बीच विद्युत् निर्यातको उद्घाटन गरिएको हो। दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुनेछ। नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गरिएको हो।

नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ।

पहिलो चरणमा आज एक दिनका लागि बिजुली निर्यात हुनेछ। योसँगै बंगलादेशसम्म बिजुली निर्यात गर्ने सम्झौता कार्यान्वयनमा जानेछ। ६ वर्षको अथक प्रयासपछि बिजुली निर्यात भएको हो।

प्रतियुनिट ६ दशमलव चार अमेरिकन सेन्ट अर्थात् ८ रुपैयाँ ५८ पैसामा बिजुली बेच्न लागिएको छ। भारतले भने प्रसारणलाइन प्रयोग गर्न दिएवापत् ५ दशमलव नौ–पाँच पैसा आम्दानी गर्ने छ। बंगलादेशले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।