हामीसँग जोडिनुहोस

अध्यागमन कानुन उल्लंघन गर्ने १२ नेपालीलाई मलेसियाले गर्‍यो निष्कासन

1 मिनेट

काठमाडौं,३० कार्तिक।

मलेसियाले वैदेशिक रोजगारमा गएका १२ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको भन्दै मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो।अध्यागमन विभागका अनुसार उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। मलेसियाले डीपोर्ट गरेका उनीहरू बिहीबार काठमाडौं आइपुगेका छन्।

निष्कासनमा पर्नेहरूमा विजयसिंह गंगी, बुद्धिलाल मुसहर, प्रवास कुमार विश्वास, अनिल लोद, श्यामकुमार लिम्बु, ईश्वर कुमार राई, राजन दास, तुलाराम ओली, रामकुमार सदा, जितेन्द्र ठाकुर, रामसेवक मण्डल र विवेक यादव छन्। उनीहरू मालिन्दो एयरलायन्सको जहाजबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका थिए।

त्यस्तै माल्दिभ्स, बेलायत र कतारले पनि एक(एक जना नेपालीलाई निष्कासन गरेका छन्। अध्यागमन कानुन विपरीत यात्रा गरेको पाइएपछि श्रीलंकन एयरलायन्सबाट माल्दिभ्स पुगेका दिल्पाकुमारी सार्की, कतार एयरलायन्सबाट दोहा पुगेका गुडु शेख र थाइ एयरलायन्सको जहाजबाट बेलायत पुगेका सागर गुरुङलाई निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ।

पछिल्लो समय मलेसियाले अवैध तरिकाले प्रवेश गर्नेहरूमाथि कडाइ गरेको छ। वैदेशिक रोजगारका लागि मलेसिया पुग्ने कामदारमाथि पनि उसले निगरानी गर्दै आएको छ।

नेपालीहरूको प्रमुख गन्तव्य मलेसिया बन्दै आए पनि त्यहाँ समस्या पनि विकराल रहेको बताइन्छ। भिसा समस्याका कारण कतिपय नेपालीहरू लुकिछिपी काम गर्नुपर्ने अवस्था आएको नेपालीहरू बताउँछन्। कोरोना महामारीपछि लुकिछिपी बस्दै आएका वैदेशिक कामदारमाथि मलेसिया धरपकड पनि गर्दै आएको छ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।