
काठमाडौँ,३ मंसिर।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित भएको सचिव दीनानाथ शर्माले जानकारी दिए ।उनका अनुसार आज आज बिहान ११ बजे बस्ने भनिएको बैठक अब मंगलबार मात्रै बस्नेछ ।बैठकमा विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।