३ मंसिर, काठमाडौं ।
गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो ।
काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका(४ बस्दै आएका लामालाई पक्राउ गरिएको हो।लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।
पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी पनि हुन् । उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए ।२०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए । त्यसबेला तत्कालीन सांसद नवीना लामा उनलाई छुटाउन गएपछि विवादसमेत भएको थियो ।सत्यमान पटक(पटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनी एक करोड ७५ लाख ठगेको आरोपमा पक्राउ गरेको थियो ।