हामीसँग जोडिनुहोस

भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगका १४ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरु

2 मिनेट
-रमेश गिरी
भक्तपुर, ४  मङसिर : भक्तपुर क्यान्सर अस्पताल भक्तपुरले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेले राससलनई जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने गरि गत कात्तिक ११ गते निर्णय मन्त्रिस्तरीय निर्णय गरेसंगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।
सरकारले सरकारी अस्पतालहरु मध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पौडेल नियुक्त भए लगत्तै १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्ने गरि पहल सुरु गर्नु भएको थियो ।
अस्पतालका निर्देशक डा. चालिसेले भन्नुभयो, “सरकारको नीति अनुसार भक्तपुर क्यान्सर अस्पतालले नेपालमै पहिलो पटक गत २ गदेखि यो सेवा सुरु गरेका छौ, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बुधबार यसको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ, अब बालबालिकाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनु पर्ने अबस्था आउँदैन, हाम्रो अस्पतालले निरन्तर सेवा दिन्छ ।”
अस्पतालका वरिष्ठ प्रशासकीय प्रमुख राजाराम तजलेले क्यान्सर विरामीको चाप बढीरहदाँ बालबालिकामा पनि बिभिन्न क्यान्सर रोग बढ्दो रहेको बताउदै अहिले भक्तपुर क्यँसर अस्पतालमा करिब ६० जना क्यान्सर रोगका बालबालिका उपचारका लागि आइरहेको बताउनुभयो । उहाँले अस्पतालले मन्त्रालयको नीति अनुसारनै सम्पूर्ण उपचार निःशुल्कसेवा सुरु गरेको बताउनुभयो ।
बालबालिकाको क्यान्सर रोगको उपचारसंगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्रदान गरिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो ।  नेपालमा कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारण हुने गरेको र त्यसमध्ये ११ प्रतिशतको क्यान्सर रोगका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा उल्लेख छ ।
नेपालमा सन् २०२२ मा २२ हजार क्यान्सर नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको र नेपालमा हरेकवर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको बताईएको छ । क्यान्सरका विरामी बालबालिकालाई परिवारको आर्थिक अभावमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले समयमै उपचार गरेर ज्यान बचाउन यो उपचार निःशुल्क गरेको मन्त्रालयले निर्णय गरेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।