हामीसँग जोडिनुहोस

लेबनान र इजरायलबीच  युद्धविराम हुने

1 मिनेट

एजेन्सी,१२ मंसिर ।

लेबनान र इजरायलबीच  युद्धविराम हुने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले  लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो । यो सम्झौता आजदेखि लागू हुने बीबीसीले जनाएको छ ।

युद्धविरामका लागि अमेरिकाले लामो समयदेखि प्रयास गरिरहेको थियो । बाइडेनले ६० दिनको युद्धविराम सम्झौता प्रभावकारी हुने भन्दै युद्धको स्थायी अन्त्यको दाबी गर्नु भएको छ ।लेबनान र इजरायलका नेताहरूले हिंसा अन्त्य गर्ने निर्णयको प्रशंसा गर्दै बाइडेनले दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रूपमा आफ्नो समुदायमा फर्किन सक्ने बताउनुभएको खबरमा उल्लेख छ । उहाँले कुनै पनिस्थितिमा त्यहाँ अमेरिकी सेना संलग्न नहुने कुरामा विश्वस्त हुन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति बाइडेनले अब गाजामा पनि युद्ध अन्त्यका लागि निरन्तर काम गरिरहने बताउनुभएको छ । यसका लागि बाइडेन प्रशासनले दबाब दिइरहने छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।