हामीसँग जोडिनुहोस

रामेछापको फर्पुमा भएको गाडी दुर्घटनामा परी वडा अध्यक्षसहित पाँच जनाको मृत्यु

1 मिनेट

काठमाडौँ,१४ मंसिर ।

रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भएको फोर्स गाडी दुर्घटनामा परी वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना१ज ७१२३ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले थाहा खबरलाई जानकारी दिए। दुर्घटनास्थल दुर्गम र विकट क्षेत्र भएकाले उद्धारका लागि कठिनाइ भएको र घाइतेहरूलाई उपचारका लागि हस्पिटल पठाउने काम भइरहेको पनि उनले बताए।

दुर्घटनामा मृत्यु हुनेमा चालक हिराबहादुर कार्कीसमेत छन्। अन्य मृतकको पहिचान खुलेको छैन। घटनाबारे थप विवरण प्राप्त हुने क्रम जारी छ।

वडाध्यक्ष बस्नेत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर चुनाव जितेका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।