हामीसँग जोडिनुहोस

 १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

1 मिनेट

काठमाण्डौ ,१८ मंसिर ।

१९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । यूएईमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान पौने ११ बजे शुरू हुने छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल आज खेल्न लागेको हो ।

यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल लगभग प्रतियोगिताबाट बाहिरी सकेको छ । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले  र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको हो ।

१९ वर्षमुनिको एशिया कप क्रिकेटको समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । समूह ‘बी’ मा नेपाल, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । एशिया कप क्रिकेटमा आजै बङ्गलादेश र श्रीलङ्का पनि खेल्दैछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।