हामीसँग जोडिनुहोस

भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया कक्ष उद्घाटन

1 मिनेट

भक्तपुर, १८ मङ्सिर : भक्तपर अस्पतालमा सञ्चालनमा आएको आँखाको शल्यक्रिया कक्ष आज अस्पतालकी कार्यकारी निर्देशक डा. सुमित्रा गौतमले उद्घाटन गर्नु भएको छ ।

वागमती प्रदेश अन्तर्गतका १३ वटा अस्पताल मध्ये भक्तपुर अस्पतालमा सुरु भएको आँखाको शल्यक्रिया सेवालाई गुणस्तरीय र निरन्तरता दिने लक्ष्यका साथ सञ्चालनमा आएको शल्यक्रिया कक्षको आज उहाँले उद्घाटन गर्नु भएको हो ।

उहाँले प्रदेश अस्पतालमा पहिलो पटक आँखाको शल्यक्रिया सेवा भक्तपुर अस्पतालमा सुरु भएको बताउदै वागमति प्रदेश सरकारको सहयोग र नेत्र बिशेषज्ञ डा. अनुपमा अमात्यको नेतृत्वमा डा. भावना पनेरुलगायत दुई जना प्राबिधिक सहितको टोलीले सेवा सुरु गरेको बताउनुभयो ।

निर्देशक डा. गौतमले आँखाको ओपिडी सेवा पहिलादेखिनै सञ्चालन भएपनि शल्यक्रिया सेवा नहुँदा बिरामीलाई बाध्य भएर तिलगंगा आँखा अस्पताल पठाउनु पर्ने बाध्यता अब हटेको बताउदै चारवर्षको अथक प्रयास पछि अस्पतालमा आँखाको शल्यक्रिया सेवासमेत सञ्चालन गर्न सफल भएको बताउनुभयो ।

उहाँले आँखाको सम्पूर्ण सेवा लिन भक्तपुर अस्पताल आउँन सेवाग्राहीलाई आव्हान गर्दै चारवर्ष अगाडिसम्म रिफर सेन्टरको रुपमा रहेको गुनासो सुनिदै आएपनि अहिले उपचारका लागि एक पटक भक्तपुर अस्पताल जाऔँ भन्ने भावना पैदा भएकोमा खुसी व्यक्ति गर्नुभयो ।

उहाँले अब आँखाका उपचारका लागि अन्य अस्पताल धाउनु नपर्ने बताउदै आँखा मात्रै नभई अन्य रोगको उपचारका लागि पनि भक्तपुर अस्पताल सक्षम भएकाले बिरामीको विश्वास जित्दै गएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।