हामीसँग जोडिनुहोस

निर्वाचन आयोगले आइतवारदेखि देशभर मतदाता नामावली दर्ता शुरू गर्ने

1 मिनेट

काठमाण्डाै,२१ मंसिर ।

निर्वाचन आयोगले पर्सि आइतवारदेखि देशभरका सबै प्रदेश र जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम शुरू गर्ने भएको छ ।

यसअघि गएको १५ गते सम्पन्न उपचुनावका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरेकोमा आइतवारदेखि फेरि देशभर शुरू गर्ने निर्णय गरेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उपचुनाव सकिएर परिणामसमेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य गर्न लागेको आयोगको विज्ञप्तिमा ल्लिेख छ ।मतदाता नामावलीमा नाम दर्ताका लागि नागरिकता आवश्यक पर्छ । यस्तै नागरिकतामा उल्लेखित ठेगानाभन्दा मतादाता नामावली रहने ठेगाना फरक पर्ने भएमा विवाह दर्ता तथा बसाइँसराइ दर्ताको प्रमाण आवश्यक पर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

नयाँ नामावली दर्तासँगै त्रुटि सच्याउने, दोहोरो भए हटाउने, मृत्यु वा बसाइँसराइकाे विवरण अद्यावधिक गर्ने काम पनि आइतवारदेखि नै शुरू हुने आयोगले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।