हामीसँग जोडिनुहोस

काभा पुरुष क्लब च्याम्पियनशिप आजदेखि शुरू हुँदै

1 मिनेट
Friends playing volleyball

काठमाण्डाै,२२ मंसिर ।

सेन्ट्रल एसियन भलिबल एसोसिएशन (काभा) पुरुष क्लब च्याम्पियनशिप आजदेखि शुरू हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा रहेको कभर्ड हलमा हुनेछ ।

च्याम्पियनशिपमा नेपालसहित चार वटा देशका पाँच वटा क्लबले खेल्दैछन् । नेपालबाट हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले प्रतिस्पर्धा गर्दैछन् । हेल्प नेपाल आठौं प्रधानमन्त्री कपमा विजेता बन्दै र गण्डकी प्रदेश उपविजेताका रूपमा यो च्याम्पियनशिपमा छनोट भएका हुन । यस्तै भारतको क्यालिकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडीसीले खेल्दैछन् ।

उद्घाटन खेलमा आज दिउँसो सवा ३ बजे नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले खेल्दैछन् । दोस्रो खेलमा साढे ५ बजे नेपालको गण्डकी प्रदेश र माल्दिभ्सको क्लब एचडीसीले खेल्नेछन् ।

यो च्याम्पियनशिपको बजेट एक करोड रुपैयाँ रहेको छ । च्याम्पियनशिपमा सिङ्गल राउन्ड रोबिन लिग, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी १४ वटा खेल हुनेछन् । च्याम्पियनशिपको हाम्रो खेलकुद र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ । फाइनल खेल २९ गते हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।