हामीसँग जोडिनुहोस

प्रतिनिधिसभाका दुई समितिको बैठक बस्दै

1 मिनेट

काठमाण्डौ,२३ मंसिर ।

 प्रतिनिधिसभाका दुई समितिको बैठक बस्दैछ ।संघीय संसद्‌ सचिवालयका अनुसार आज तीन वटा समितिको बैठक बस्नेछ ।जसअनुसार राज्य व्यवस्था समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था समितिमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्तासँग सांसदहरूले छलफल गर्नेछन् । जुन बैठक दिउँसो १:०० बजेबाट सुरू हुनेछ ।  उता, शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ ।विधायन व्यवस्थापन समितिको बैठकमा भने नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ, सो बैठक दिउँसो २:३० बजे बस्नेछ ।

तीन वटै समितिको बैठक सिंहदरबारस्थित संसद्‌ सचिवालयमा बस्नेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।