हामीसँग जोडिनुहोस

एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सको लगातार चौथो हार, जनकपुर बोल्ट्स एक रनले विजयी

1 मिनेट

काठमाण्डौ,२३ मंसिर।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले हराएको छ । लुम्बिनीकाे याे लगातार चाैथाे हार हाे भने जनकपुरकाे लगातार चाैथाे जीत हाे । जनकपुरले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले आठ विकेट गुमाएर एक सय ३५ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका कप्तान रोहित पौडेले ३५ रन बनाए । जनकपुरका हर्ष ठाकरले पाँच विकेट लिए । यस्तै कोशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले नौ विकेट गुमाएर एक सय ३६ रन बनायो । जनकपुरका कप्तान अनिल शाहले सबैभन्दा धेरै ४५ रन बनाए ।

यस्तै लाहिरु मिलान्थाले २४ रन र शुभ कंसाकारले अविजित २२ रन बनाए । लुम्बिनीका अभिषेश गौतमले तीन विकेट लिए । यस्तै कप्तान रोहित पौडेल र साद बिन जफरले समान दुई तथा सन्दीप जोराले समान एक विकेट लिए ।

जनकपुर चार खेलमा आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा लागातार पराजित लुम्बिनी अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।