हामीसँग जोडिनुहोस

रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा आठ जनाको मृत्यु

1 मिनेट

काठमाडौँ,२५ मंसिर ।

बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो  चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सिराहा जिल्लाको अर्नामा गाउँपालिका वडा ३ का गाडी चालक श्रीकुमार यादव, दर्शनार्थीहरु स्थानीय ६० वर्षीय लरुवती देवी महरा, ३० वर्षीय उर्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीय महँगी देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी महरा, ६० वर्षीय रामकुमारी देवी महरा, ३० वर्षीय शकुन्तला देवी महरा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।