काठमाडौँ,२५ मंसिर ।
अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च सर्वोच्चले रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गरेको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
अनुसन्धानको चरणमा रहेका रवि लामिछानेको विषयलाई जोडेर अदालतप्रति मानहानि हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएर अदालतको मानहानि गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । यसअघि सर्वोच्चले रास्वपा नेताहरूले अदालतको अवहेलना हुने गरी दिएको भनिएको भाषण पेस गर्न आदेश भएको थियो । निवेदकले उक्त भाषण उतार गरेर बुझाएपछि दोहोरो सुनुवाइका लागि पेसी तोकिएको थियो । अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोषिमा कार्की, सोबिता गौतम लगायतलाई विपक्षी बनाइएको छ। सर्वोच्चले विपक्षी बनाइएका सवैसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।