हामीसँग जोडिनुहोस

काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आज पनि दुई खेल हुँदै

1 मिनेट

२७ मंसिर,काठमाण्डौ ।

लगातार जीत निकाल्दै हेल्प नेपाल स्पोर्ट्स क्लब काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हेल्प नेपालले हिजो माल्दिभ्सका एचडीसीलाई ३–१ को सेटमा हराएको हो ।

प्रतियोगितामा हेल्प नेपालको यो तेस्रो जीत हो । जीतसँगै हेल्प नेपालले तीन खेलमा आठ अङ्क जोडेको छ । यसअघि हिजोको पहिलो खेलमा भारतको क्यालिकट हिरोजलाई हराउँदै इरानको जुनियर टोली सेमिफाइनलमा पुगेको थियो ।

प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल इरानको जुनियर टोली र हेल्प नेपालबीच हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ । यस्तै आजै बेलुका पाँच बजे हुने दोस्रो खेलमा नेपालको गण्डकीले भारतको क्यालिकट हिरोजसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालबाहेक भारत, इरान  र माल्दिभ्सको क्लबको सहभागिता छ । फाइनल खेल पर्सि मङ्सिर २९ गते शनिवार हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।