हामीसँग जोडिनुहोस

 प्रधानसेनापति अशोकराज सिग्देललाई आज भारतले मनार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्दै

1 मिनेट

काठमाडौं,२७ मंसिर । 

प्रधानसेनापति अशोकराज सिग्देललाई आज भारतले मनार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्दैछ।

आज दिउँसो भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए।

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल दुईदिन अघिदेखि नयाँदिल्लीमा छन्। उनले हिजो त्यहाँको     सेनाको उच्च नेतृत्वसँग भेटवार्ता गरेको छ।

प्रधानसेनापति सिग्देल सैनिक श्रीमती सङ्घकी अध्यक्ष तथा धर्मपत्नी नीता क्षेत्री सिग्देल सम्मिलित नौ सदस्यीय भ्रमण टोली अहिले भारत भ्रमणमा गएको  छ।

त्यस्तै भ्रमणका क्रममा भारतका उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ। प्रधान सेनापतिसहितको भ्रमण दल यही मङ्सिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।

प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीलाई कायममुकायम प्रधान सेनापतिको कार्यभार दिइएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।