हामीसँग जोडिनुहोस

एनपीएल क्रिकेटमा विराटनगरलाई हराउँदै पोखरा एभेन्जर्स विजयी

1 मिनेट

काठमाण्डाै,२७ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पाेखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई ‘सुपर ओभर’ मा हराउँदै दाेस्राे जीत हात पारेकाे छ । पाेखराले विराटनगरलाई १३ रनले हरायाे ।

‘सुपर ओभर’ मा पाेखराले दिएकाे १९ रनकाे लक्ष्य पछ्याएकाे विराटनगरले ५ रनमात्र बनाउन सक्याे । यसअघि विराटनगरले दिएकाे १ सय ४० रनकाे लक्ष्य पछ्याएकाे पाेखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएपछि खेल ‘सुपर ओभर’ मा पुगेकाे हाे । एनपीएलमा याे पहिलाे ‘सुपर ओभर’ हाे । पाेखराका आन्द्रेस गाैसले ३९, रेमाेन रेफरले नटआउट ३४ रन बनाए । विराटनगरका प्रतिस जिसीले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो । विराटनगरका स्कट इडवार्ड्सले ४५ रन बनाए । पोखराका सागर ढकाल र रेमोन रेफेरले २/२ विकेट लिए ।

याे जीतसँगै पाेखरा ५ खेलमा ४ अङ्कसहित तालिकाकाे छैटाैं स्थानमा छ । विराटनगर ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।

एनपीएलमा आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे जनकपुर बाेल्ट्स र काठमाण्डाै गुर्खाज खेल्दैछन् । जनकपुर तालिकाकाे दाेस्राे र काठमाण्डाै पाँचाैं स्थानमा छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।