हामीसँग जोडिनुहोस

रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

1 मिनेट

२७ मंसिर,काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीले उनलाई थप पाँच दिन म्याद थपी अनुसन्धान गर्न अनुमति दिएको हो।कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले आज सातौँपटक थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले  जानकारी दिए।

प्रहरीले भने ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउनुपर्ने अनुमति माग गरेको थियो।रविलाई आज अन्तिम पटक म्याद थपेर अर्कोपटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ।

सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन्। उनलाई वयानका लागि रूपन्देही, काठमाडौँ, चितवन र पर्सा पनि लगिएको थियो।सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले आज अदालत उपस्थित गराइएको थियो।

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी लगायतलाई अदालतमा उपस्थित गराइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।