हामीसँग जोडिनुहोस

काठमाण्डौ महानगरपालिकाले आज ३० औं महानगर दिवस मनाउँदै

1 मिनेट

काठमाण्डाै,२९ मंसिर ।

काठमाण्डौ महानगरपालिकाले आज ३० औं महानगर दिवस मनाउँदैछ । सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागेकाे महानगरले जनाएको छ ।

महानगर दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा र सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुँदैछ । साङ्गीतिक कार्यक्रम दिउँसो ३ बजेपछि शुरू हुने र खानासम्बन्धी स्टलहरू बिहान १० बजेदेखि नै खुला हुने महानगरका मेयर बालेन्द्र शाहले जानकारी दिनुभएको छ ।

महानगर दिवसको कार्यक्रममा प्रवेश र पार्किङ निःशुल्क हुनेछ । पुरानो बसपार्कमा रहेको काठमाण्डौ टावरमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

१९९६ साल पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । २०५२ साल मङ्सिर २९ गते काठमाण्डौ नगरलाई काठमाण्डौ महानगर घोषणा गरिएको थियो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।