हामीसँग जोडिनुहोस

पूर्व मेयर पीएल सिंहको निधनमा काठमाण्डौ महानगरपालिकामा आज शोक बिदा

0 मिनेट

काठमाण्डौ,१ पुष ।

काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको असामयिक निधनमा आज महानगरपालिकाल सार्वजनिक बिदा दिएको छ ।

८७ वर्षीय सिंहको निधनमा महानगरपालिका र मातहतका कार्यालयमा बिदा दिइएको हो । सिंह २०४९ सालमा भएको स्थानीय चुनावबाट काठमाण्डौ नगरपालिकाका मेयरका रुपमा निर्वाचित हुनुभएको थियो । उहाँकै कार्यकालमा २०५२ साल मङ्सिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।

सिंहको पार्थिव शरीर बिहान ११ बजेसम्म नीजि निवास ठमेलको चाक्सीबारीमा राखिनेछ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार त्यसपछि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा एक घण्टा राखिनेछ ।

दिउँसो  एक बजे विष्णुमती नदी किनारामा रहेको लखतीर्थमा उहाँको अन्तिम संस्कार हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।