हामीसँग जोडिनुहोस

 अनेरास्ववियुले निशुल्क लोकसेवा र शिक्षक सेवा आयोग कक्षा सञ्चालन गर्ने

1 मिनेट

काठमाडौं,३ पुष। 

अनेरास्ववियुले निस्शुल्क लोकसेवा र शिक्षक सेवा आयोग कक्षा सञ्चालन गर्ने भएको छ। अनेरास्ववियुले उक्त कक्षा सञ्चालनको लागि सूचना जारी गर्दै फाराम भर्न आव्हान गरेको छ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाका अनुसार उनकै आतिथ्यमा र अध्यक्ष निराजन थापाको अध्यक्षतामा पुस १ गते सम्पन्न तेस्रो पदाधिकारी बैठकले यो निर्णय गरेको हो।

तिमिल्सीनाले युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेसँगै सूचना जारी गरिएको जानकारी दिए।

‘विभिन्न पेसा एवं व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरूको अभिलाषालाई पूरा गर्न यस कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्न गइरहेको छ,’सूचनामा भनिएको छ,‘त्यसैले देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूले पौष १५ गतेभित्र तपसिलका विवरणसहित उपलब्ध गुगल फाराम९ जततउकस्ररायचmक।नभिरबश्ज्एतथःलतऋशजँप्भत्रछ ०मा भरी यस कमिटीमा आवेदन पेस गर्नुहुन र प्राप्त यो सुवर्ण अवसरलाई ग्रहण गर्नुहुन हार्दिक अनुरोध छ।’

इन्चार्ज धर्मराज तिमिल्सीनाले यसका लागि आवश्यक स्रोत खोजी तथा व्यवस्थापनको जिम्मा आफूले नै लिएको जानकारी दिए। उनले विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देश भरिका युवाहरूलाई तथा पेसा व्यवसायको कारण अध्ययनमा कम समय दिने सबै युवाहरूको लागि उक्त कार्यक्रम कार्यान्वयन गर्न जिल्ला कमिटीलाई पनि निर्देशन दिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।