हामीसँग जोडिनुहोस

  एसिसी यु–१९ महिला एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दै

1 मिनेट

काठमाडौ,४ पुष।

एसिसी यु–१९ महिला एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ।

मंगलबार नेपाल र भारतबिचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर  फोरमा पुगेको छ।   यस नतिजासँगै समूह ‘ए’ बाट भारत र नेपाल सुपर फोरमा पुगे। यसअघि यी दुवै टिमले पाकिस्तानलाई हराएर एक खेलअघि नै सुपर फोरमा पुगेका थिए।

नेपालले अब अर्को चरणमा समूह ‘बी’ बाट अगाडि बढेका बङ्गलादेश र श्रीलङ्काविरुद्ध खेल्न लागेको हो। नेपालले भोलि बंगलादेशसँग खेल्नेछ।

बंगलादेश समूह बीमा दुई खेलमा विजयी हुँदै सुपर फोरमा पुगको हो। उसको चार अंक रहेको छ। बंगलादेशले श्रीलंका र आयोजक मलेसियालाई हराएको छ। उसको चार अंक रहेको छ। र, सुपर फोरको  अंक तालिकाको शिर्ष स्थानमा छ।

दोस्रो स्थानमा भारत रहेको छ। तीन अंक रहेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। दुई खेलमा एक खेलमा विजयी भएको श्रीलंकाको २ अंकमात्र रहेको छ। यो अंक सुपर फोरमा पनि जोडिने छ। र,शीर्ष स्थानका दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्। तेस्रो र चौथो टोली बाहिरिने छन्।

फाइनल खेल आइतबार हुनेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।