
भक्तपुर, १४ साउन : मिर्गौलाका विरामीहरुलाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उदेश्यले भक्तपुर अस्पतालमा आज डायलासिस सेवाको शुभारम्भ भएको छ । भक्तपुर अस्पतालले आज आयोजना गरेको कार्यक्रममा वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले डायलासिस सेवाको उद्घाटन गर्नु भएको हो ।

वागमती प्रदेश सबै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उदेश्यका साथ वागिमति प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेशिन मध्ये भक्तपुर अस्पतालमा पाँच शय्याको डाइलासिस सेवा अुभारम्भ एको उहाँले बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो, “बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले १६ वटा मेसिन खरिद गरेको थियो । त्यसमध्ये पाँच थान डायलाइसिस मेसिन भक्तपुर अस्पताललाई हस्तान्तरण गरेर सेवा सुरु भएको हो । यसको प्रक्रिया पुर्याएर केही दिनदेखि विरामीलाई सेवा दिन सुरु हुनेछ । वागमति प्रदेशले रसुवा र काठमाडौं टोखा अस्पतालबाहेक अरु ११ जिल्लाका अस्पतालमा प्रदेश स्तरिय डायलाइसिस सेवा सुरू गरृका छाँै, बाँकीमा पनि केही दिनमा शुभारम्भ गर्नेछौ ।”

उहाँले मन्त्रालयले १३ जिल्लाका सबै प्रदेशस्तरीय अस्पतालमा विशृषज्ञ सेवा सुरु गरेको बताउदै त्यसका लागि थप जनशक्ति प्रदेश सरकारले ठाउने बताउनुभयो । स्वास्थ्य मन्त्रालयले १६ गते प्रदेशस्तरीय पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने, प्रादेशिक अस्पतालहरुबाट टेलिमेडिसिन सेवा सुरु गर्ने र डिजिटल हैल्थको समेत शुभारम्भ गर्ने उहाँले बताउनुभयो ।

भक्तपुर अस्पताललाई नयाँ भवन निर्माणका लागि यस वर्ष मन्त्रालयलृ रु. तीन करोड बजेटको व्यबस्था गरेको र थप बजेटका लापग दाता खोज्ने काम भइरहको बताउदै मन्त्री थापाले पाँच वर्ष भित्र नयाँ भवन निर्माण सम्पन्न गर्नेगरि बहुवर्षीय योजनामा नयाँ भवन बनाउने बताउनुभयो ।

कार्यक्रममा वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले न्यूनतम सेवा मापदण्ड अनुसार ‘बी’ ग्रेडका अस्पतालमध्ये देशकै सर्वोत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पताल प्रदेशले गर्व गर्नलायक अस्पतालको रूपमा विकास भइरहेको बताउनुभयो ।
उहाँले अहिले पनि ७१ प्रतिशत मानिस नसर्ने रोगका कारण मृत्यु हुने गरेको बताउदै उहाँले रोगै लाग्न नदिन सामाजिक चेतनाका अभियान सञ्चालन गर्न लागेको बताउदै मन्त्रालयले फास्ट ट्रयाक ओपिडी सेवा सुरु गर्न लागेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख इश्वरबहादुर थापाले अस्पतालमा विरामीको चाप बढिरहेको र तर संरचना साँघुरो हुदाँ समस्या आएको बताउदै सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्नुपर्ने बताउनुभयो ।
अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको नर्सिङ तथा सामाजिक सुरक्षा विभागले सूचीकृत गरी अनुमति दिएसँगै डायलाइसिस सेवा सुरू गरिएको बताउदै विभागले निःशुल्क सेवाको सुविधा दिएपछि विपन्न, र गरिब विरामीलाई निःशुल्क सेवा उपलब्ध गराउने बताउनुभयो ।
उहाँले हाल दैनिक तीन सिफ्टमा चार जनाको दरले १२ जनालाई सेवा दिने र एक मेशिन आकस्मिक विरामीका लागि राखिने बताउदै मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा सहज रुपमा दिन सकिने बताउनुभयो ।

अस्पताल विकास समिकिा निवर्तमान् अध्यक्ष रमण कायस्थले अस्पतालको विकास, सेवा बिस्तारदेखि भवन निार्माणसम्म र अस्पतालाई पहिलो बनाउन अस्पतालका सिंगो टिमले सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष शशिजंग थापाले भक्तपुर अस्पतालकै परिसरभित्र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भएपनि मिर्गौलाका विरामीको चाप बढ्दा केन्द्रले डायलाइसिस सेवा सबैलाई दिन नसकेको अबस्थामा भक्तपुर अस्पतालको सेवाले केही हदसम्म त्यस्ता विरामीलाई ठूला राहत मिल्ने बताउनुभयो ।
भक्तपुर अस्पतालमा भने डायलाइसिस सेवा निः शुल्क हुने बताउदै उहाँले मेशिन थप गर्नु आवश्यक रहेको बताउनुभयो ।

