हामीसँग जोडिनुहोस

एनपीएलको फाइनल प्रवेशका लागि आज जनकपुर र कर्णाली भिड्दै

0 मिनेट

काठमाडौं,४ पुष । 

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ। त्रिवि क्रिकेट मैदानमा यो खेल दिउँसो साढे १२ बजेबाट सुरू हुनेछ।

यसअघि हिजो भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ।

जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

जनकपुरका नियमित कप्तान अनिल साह अहिले चोटग्रस्त छन्। उनले हिजोको खेल पनि गुमाए भने आज पनि उपलब्ध हुने छैनन्।

उनको स्थानमा आसिफ शेखले टिमको कप्तानी गर्नेछन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।