हामीसँग जोडिनुहोस

प्रधानमन्त्री ओली  यही पुसमा भारतको भ्रमणमा जाने

1 मिनेट

काठमाडौं,४ पुष । 

प्रधानमन्त्री केपी शर्मा ओली  यही पुसमा भारतको भ्रमणमा जाने भएका छन्। त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ।

युरोप भ्रमणमा सकेर परराष्ट्रमन्त्री आरजु राणा त्यहीबाट नयाँ दिल्ली पुगेकी छन्।  प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा दिल्ली गएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका  अनुसार प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय भइनसके पनि यही पुस २५ गते जाने गरि तयारी थालिएको छ।

भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने मन्त्री राणाको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री ओलीले पनि गृहजिल्लामा झापामा भएको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने बताएका थिए।

मंसिर १७ गते चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणालाई नै दिल्ली पठाएका थिए।  तर त्यसबेला दिल्लीबाट ठोस जवाफ नआएपछि ओली चीन भ्रमणमा गएका थिए।

त्यसअघि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको थियो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।