हामीसँग जोडिनुहोस

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा

1 मिनेट

काठमाण्डाै,४ पुष।

कर्णाली याक्सलाई हराउँदै जनकपुर बाेल्ट्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ ।

आज भएकाे दाेस्राे क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हरायाे । कर्णालीले दिएकाे १ सय १९ रनकाे लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायाे । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायाे । कर्णालीका गुल्सन झाले २५, देव खनालले २४ रन बनाए । जनकपुरका ललित राजवंशी, जेम्स नीशम र माेहम्मद माेहसिनले २/२ विकेट लिए ।

अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम राेयल्ससँग खेल्नेछ । सुदूरपश्चिमले पहिलाे क्वालिफायरमा हिजाे जनकपुरलाई हराउँदै फाइनलमा पुगेकाे थियाे । हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको हाे ।

हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियाे । प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार हुनेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।