पुस ७,,भक्तपुर।
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
सूर्यबिनायक नगरपालिका १० बाँसघारी नजिकै सडकमा साँगाबाट जगातीतर्फ जाँदै गरेको बा-प्र ०२-०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना भएको हो। दुर्घटनामा धनुषा घर भई काठमाडौँ कीर्तिपुर बस्ने २९ वर्षीय सिदान्त साहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।