हामीसँग जोडिनुहोस

कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती मनाइँदै

1 मिनेट

काठमाडौं, पुष ८ ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १०१ औँ जन्मजयन्ती मनाइँदैछ।

स्व. भट्टराईलाई सादगी जीवन शैली अपनाउने निःस्वार्थी राजनीतिज्ञको रूपमा स्मरण गर्ने गरिन्छ। सरल जीवनयापन गर्ने भट्टराई निष्ठाको राजनीतिका कारण लोकप्रिय छन्।

भट्टराईको जन्म १९८१ पुस आठ गते भारतको बनारसमा भएको थियो। उनका पिता राणा शासनमा निर्वासित भएपछि परिवारले नै भारतको बनारसमा निर्वासित जीवन बिताएको थियो।

नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन हुँदा उनी संस्थाका महामन्त्री थिए।

प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराई २०१६ सालमा प्रतिनिधिसभाका सभामुख बनेका थिए। २०४६ को जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन अन्त्य गरेपछि भट्टराई अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए।

नेपाल अधिराज्यको संविधान, २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व भट्टराईले सफलतापूर्वक बहन गरेका थिए।

तर आफू प्रधानमन्त्री भएकै बेला गराएको २०४८ को आम निर्वाचनमा भट्टराई स्वयं काठमाडौंबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि उनी पुनः एकपटक प्रधानमन्त्री बनेका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।