हामीसँग जोडिनुहोस

बालकोटमा बुबा र भाइको ह*त्यामा संलग्न पक्राउ

1 मिनेट

भक्तपुर,९ पुष।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा मृत भेटिएका बाबु छोराको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुलप्रसादका जेठा छोरा मिलन छन् ।

खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रवीण सोमबार मृत अवस्थामा भेटिएका थिए । उनीहरुको शरीरमा चोटपटक लागेको पाइएको थियो ।

उनीहरुको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । हत्या आरोपमा मिलनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार २५ वर्षीय मिलन कुलप्रसादका जेठा छोरा हुन् ।

कुलप्रसाद जिल्ला हुलाक खोटाङका निमित्त प्रमुख थिए । बिदा मनाउन उनी छोराहरु बस्ने सूर्यविनायकमा आएका थिए ।

प्रहरीको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार उनीहरुको हत्या मिलनले गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

महाराजगञ्जबाट पक्राउ परेका मिलनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले उल्लेख गरेको छ । पारिवारिक तनावका कारण आवेगमा आएर बुबा र भाइको हत्या गरेको उनले प्रहरीमा बयान दिएका छन् ।

प्रहरीमा बयानका क्रममा मिलनले भाइ र बुबाबाट तनाव भएपछि हत्या गरेको बताएका छन् । भाइ प्रवीण कुलतमा फसेको, बुबा पनि डिप्रेशनको बिरामी रहेकाले आफूलाई तनाव भएको उनको भनाइ छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।