हामीसँग जोडिनुहोस

अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवित उद्धार

1 मिनेट
The wreckage of Azerbaijan Airlines Embraer 190 lays on the ground near the airport of Aktau, Kazakhstan, Wednesday, Dec. 25, 2024. (AP Photo/Azamat Sarsenbayev)

१० पुस, काठमाडौं ।

अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना हुँदा कम्तीमा २९ जना बाँचेका छन् । विमानबाट उद्धार गरेका २९ जनालाई अस्पतालमा भर्ना गरेको बीबीसीले जनाएको छ ।

६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको हो । विमानबाट चार जनाको शव निकालेको र कम्तीमा ३० जनाको ज्यान गएको हुन सक्ने स्थानीय अधिकारीहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था एफीले जनाएको छ ।

काजाकस्तानको आपत्कालीन मन्त्रालयका अनुसार विमानमा ६३ जना यात्रु र पाँच जना चालक दलका सदस्य रहेका थिए । अजरबैजानको राजधानी बाकुबाट चेचन्यातर्फ उडेको अजरबैजान एअरलाइन्सको विमान बाक्लो कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अजरबैजान एअरलाइन्सकाे विमान दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।