हामीसँग जोडिनुहोस

 आजदेखि ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन हुँदै

1 मिनेट

काठमाडौं,११ पुष।

आजदेखि ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन हुँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा हुने कन्क्लेभ भोलिसम्म चल्नेछ।

‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ नाराका साथ नेपाल हेल्थ कन्क्लेभ २०२४ हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्मेलनका लागि ९० भन्दा बढी देशबाट सहभागिता रहनेछ। कुल १ हजारभन्दा बढीको सहभागिता रहने जनाएको मन्त्रालयले ३ सय जनाको भौतिक उपस्थिति रहने छ भने ७०० भन्दा बढीलाई भर्चुअल माध्यमबाट जोडिने व्यवस्था गरिएको छ।

सम्मेलनबाट प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको ज्ञान, सीप, र स्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गरिने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताएका छन्।

सम्मेलनमार्फत् प्रवासी र स्थानीय चिकित्सकबीच ज्ञान र प्रविधिको हस्तान्तरणलाई प्रोत्साहन गर्ने, अनुसन्धान, नवीनता र तालिमका लागि सहकार्यलाई प्रवर्द्धन गर्ने, र दीर्घकालीन संलग्नताका लागि नीतिगत सहजीकरण र रणनीति निर्माण गर्ने उद्देश्य मन्त्रालयले राखेको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।