हामीसँग जोडिनुहोस

नेपाल ओलम्पिक कमिटीको चुनाव रोक्न सर्वोच्चको आदेश

1 मिनेट

काठमाण्डौ,  पुष १२।

सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को भोलिको लागि तय भएको चुनाव रोक्ने आदेश दिएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा चुनाव गर्न लागेको भन्दै कमल चित्रकारले दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

मनोनयन दर्ताको दिन गएको सोमवार सरकारले प्रहरी परिचालन गरेर सातदोबाटोमा एनओसी कार्यालयमा प्रवेशमा रोक लगाएको थियो । त्यसका बाबजुद अनलाइनमार्फत मनोनयन दर्ता गर्दै चुनाव प्रक्रियाअघि बढाइएको थियो ।

एनओसीले पटक पटक अदालतको आदेशको अवज्ञा गर्दै आएको छ । उच्च अदालत पाटनको आदेशको अवज्ञा गर्दै एनओसीले विशेष साधारण सभाबाट विधान संशोधन गरेको थियो ।

उच्च अदालत पाटनले मङ्सिर  १७ गते नेपाल ओलम्पिक कमिटीले २०८१ मङ्सिर १८ गते विधान संशोधनका लागि तय भएको विशेष साधारण सभा गर्दा रिट निवेदकहरुको विचाराधीन मुद्दामा समेत प्रतिकूल असर पर्न सक्ने भई निवेदकहरुलाई अपूरणीय क्षति पुग्न सकिने देखिँदा विधान संशोधन नगर्नु/नगराउनु, भनी अन्तरिम आदेश जारी गरेको थियो ।

सरकारले पनि एनओसीलाई निर्वाचन नगर्न निर्देशन दिएको थियो । त्यसलाई अटेर गरेको एनओसीमा १९ कार्यसमिति मध्ये १८ जना निर्विरोध भइसकेको छ । अध्यक्षमा वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष तेज गुरुङ, महासचिव निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।