हामीसँग जोडिनुहोस

पर्यटकले झुम्यो रानीकोट

2 मिनेट

भक्तपुर, १७ पुस : आज अग्रेजी नयाँ वर्ष–२०२४ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायीहरु उत्साहित भएका छन् ।

पर्यटन व्यबसायमा विदेशी पर्यटकमात्रै होइन आन्तरिक पर्यटकको आगमनको बढ्दो चापले व्यवसायीहरु उत्साहित भएका हुन् । अंग्रेजी नयाँवर्ष–२०२५ को आगमनले भक्तपुरका पर्यटकीयक्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् ।

केही वर्षयता पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु र –८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरु नयाँवर्षमा आन्तरिक पर्यटकले नै भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरी नाचगान गरी नयाँवर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुँइचो लागेको पर्यटन व्यवसायी एवं भिलेज हाईल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले बताउनु भयो ।

समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृंखला समेत अवलोकन गर्न सकिन्छ ।

पर्यटन व्यवसायी बकेँले भन्नुभयो, “रानीकोटबाट सूर्योदयसंगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशंकर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिन्छ । हाम्रो होटल भिलेज हाईल्याण्ड रिसोर्टबाट यी सबै हिमाल हेर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृश्य पनि यहाँबाट देख्न सकिन्छ । पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको छ । अग्रेजी नयाँवर्षमा आन्तरिक पर्यटकले यहाँका होटलहरु भरिएका छन्, रानीकोट पर्यटकको रोजाईमा पर्न थालेपछि हामी व्यवसायीहरु उत्साहित भएका छन् ।”

सहज पक्कि सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको भन्दै उहाँले कोरोना महामारी पछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटलहरु खचाखच भएको बताउनु भयो । नयाँ वर्ष आफ्नो होटल सात दिन अघिदेखि नै बुक हुन थाल्का छन् । उहाँले यहाँको रानीकाट गढीँ, रानी कुवा, बाघ भैरबलगायतका ऐतिहासिक पर्यटकीय क्षेत्रहरु पनि घुम्न पाइने उहाँले बताउनुभयो ।

रानीकोट गढीँको उत्खनन् गर्ने भनेर हामील पहल गर्यौ, त्यहाँ पुरानो दरबार भेटिएको छ। त्यस्तै दरबार बनउन सके यहाँको इतिहासको संरक्षा पनि हुन्छ र यहाँको पहिचान अझै बढ्ने र पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ, हामी लागिरहेका छौँ, यहाँको बिकास गर्न । पुरातत्व विभागले अनुसन्धान गर्ने भनेर यहाँका केही भाग उत्खनन् गरेर यहाँ भेटिका सामग्रीहरु लगेको पनि चार वर्ष बितेको छ । तर कुनै प्रगति छैन । स्थानीय सरकारले पनि यो ऐतिहासिक क्षेत्रको बिकास र संरक्षणमा चासो दिनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।