काठमाडौं,२० पुष।
एन्फा राष्ट्रिय महिला लिगमा शनिबार एपीएफ र बागमती युथ क्लब भिड्दैछन्। खेल सातदोबाटोस्थित एन्फाको मैदानमा हुनेछ।
यसअघि शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ। पुलिसले वालिङ नगरपालिकालाई ५० गोल अन्तरले पराजित गरेको हो। पुलिसलाई जित दिलाउन अनुष्का शर्मा र सम्झना लावतीले समान दुई गोल गर्दा एक गोल पूजा रानाले गरिन्।
जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। हारसँगै वालिङ पुछारमा झरेको छ।