हामीसँग जोडिनुहोस

रुसले आफ्नो भूभागमा युक्रेनबाट प्रहार भएका आठ वटा शक्तिशाली मिसाइल खसालेको दाबी

1 मिनेट

२१ पुष,काठमाडौं। 

रुसले आफ्नो भूभागमा युक्रेनबाट प्रहार भएका आठवटा शक्तिशाली मिसाइल खसालेको दाबी गरेको छ।

युक्रेनले आज बिहानै प्रहार गरेका अमेरिका निर्मित एटीए–सीएमएस मिसाइल खसालेको दाबी गर्दै रुसले यसविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।
मस्कोले युक्रेनबाट प्रहार भएका मिसाइलहरु ३ सय किलोमिटर रेन्जमा प्रहार गर्ने क्षमताको रहेको बताएको छ। रुसी रक्षा मन्त्रालयले पश्चिमा समर्थक किभ शासकले गरेको उक्त आक्रमणको जवाफी कारबाही गर्ने चेतावनी दिएको सीएनएनले उल्लेख गरेको छ।

ती मिसाइल तथा ड्रोनहरु लेनिनग्राद तथा कुस्र्क क्षेत्रमा खसालिएको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले गत नोभेम्बरमा युक्रेनलाई एटीए–सीएमएस मिसाइल प्रयोगको अनुमति दिएका थिए। उनले युक्रेनविरुद्ध लड्न रुसमा उत्तर कोरियाली सैनिक सहभागी भएपछि यस्तो अनुमति दिएका हुन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी आक्रमणको जवाफ रुसका नयाँ परमाणु क्षमताका ब्यालेस्टिक मिसाइल ओरेश्निकबाट दिने चेतावनी दिनुभएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।