हामीसँग जोडिनुहोस

राष्ट्रिय योग दिवस मनाइँदै

2 मिनेट

काठमाडौं,१ माघ। 

आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

२०७२ साल साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गरी यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिएको थियो ।

यसअघि २०३६ सालदेखि उत्तरायण शुरू हुने दिन पारेर नेपालमा डा.हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा योग दिवस मनाउन थालिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औं महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा एक सय ७७ देशले समर्थन गर्ने योग दिवसले कीर्तिमान कायम गरेको छ । सन् २०१६ देखि जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो ।विश्व योग दिवस जुन २१ तारिखमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए ।

आयुर्वेदलाई योगसँग जोड्न २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योगाभ्यास शुरू गरिएको थियो । स्वास्थ्यलाभ,मानसिक शान्तिका लागि योग अभ्यास गर्ने सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानमा योग दिवसको मूल कार्यक्रम आयोजना गरिएको छ । त्यसअघि शान्तिबाटिका रत्नपार्कमा जम्मा भई प्रभातफेरी गरिँदैछ ।

काठमाण्डौ महानगरपालिकाले पनि माघ ४ गतेसम्म प्रशिक्षण कार्यक्रम आयोजना गरी योग दिवस मनाउन लागेको जनाएको छ । योग दिवसका अभियानकर्मी योग गुरु डा.हरिप्रसाद पोख्रेलका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग चाहिन्छ ।

परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगलाई विज्ञानको रुपमा मान्न थालिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।