हामीसँग जोडिनुहोस

शिक्षक सेवा आयोगको दुई जना सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

1 मिनेट

१ माघ, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगको एक महिलासहित दुईजना सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।शिक्षा मन्त्रालयले आज एक सूचना जारी गर्दै आयोगमा हाल रिक्त रहेको र रिक्त हुने एक महिलासहित दुईजना सदस्य नियुक्तिको लागि आवेदन आह्वान गरेको हो।

आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त पेश गर्ने उम्मेदवारहरूबीच योग्यताक्रम निर्धारण गरी उच्चतम अङ्क प्राप्त गर्ने उम्मेदवारलाई आयोगको सदस्य नियुक्ति हुने सूचनामा उल्लेख छ।

यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र योग्यता पुगेका इच्छुक व्यक्तिले दरखास्त आह्वान गर्न सकिनेछ। योग्यता तथा अनुभवमा शिक्षक सेवा आयोगको सदस्यको पदमा नियुक्तिको लागि सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेछ।

त्यस्तै, नियुक्ति हुनुभन्दा कम्तीमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको, चालीस वर्ष उमेर पूरा भई पैँसठ्ठी वर्ष ननाघेको र कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको हुनुपर्नेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।