हामीसँग जोडिनुहोस

पुस महिनामा करिब पाँच अर्ब रूपैयाँ बराबरको विदेशी लगानी स्वीकृत

1 मिनेट

३ माघ काठमाडौं ।

 पुस महिनामा करिब पाँच अर्ब रूपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ।

उद्योग विभागका अनुसार अटोमेटिक रूट र प्रत्यक्ष रूपमा गरी ३५ परियोजनाको लागि चार अर्ब ९९ करोड ९१ लाख रूपैयाँ बराबरको लगानी स्वीकृत गरिएको हो।

यसमध्ये एक ठूलो उद्योग, एक मध्यम उद्योग र ३३ साना उद्योग रहेका छन्।६ महिनाको अवधिमा भने ३५४ परियोजनाको लागि २५ अर्ब २७ करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ।

यी मध्ये ३४५ साना, ५ मझौला र ४ वटा ठूला उद्योग रहेका छन्। ६ महिनाको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटनमूलक उद्योगको लागि छ।यस्ता १५७ वटा उद्योगमा मात्रै करिब १७ अर्ब रूपैयाँको लगानी प्रतिबद्धता छ। अन्य सेवामूलक ४५ उद्योगको लागि पाँच अर्ब १५ करोड लगानी प्रतिबद्धता छ।

उत्पादनमूलक २५ उद्योगको लागि दुई अर्ब पाँच करोड, कृषिमूलक ६ वटाको लागि ७४ करोड, पूर्वाधारमूलक दुई वटाको लागि १२ करोड र सूचना प्रविधिमूलक ११९ वटाको लागि ७४ करोड रूपैयाँ बरारबको विदेशी लगानी प्रतिबद्धता आएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।