
भक्तपुर, ११ माघ : नेपालमा पहिलो पटक हन लागेका अन्तर्राष्ट्रिय म्याराथुन फन रनको तयारी पुरा भएको छ । ब्याकयार्ड अल्ट्रा नेपाल (द्यब्ऋप्थ्ब्च्म् ग्ीत्च्ब् ल्भ्एब्ी) ले माघ १२ गते शनिवार आयोजना गर्न लागेको पहिलो अन्तर्राष्ट्रिय म्याराथुनमा फन रन नेपालका लागि नौलो र पहिलो प्रतियोगिता भएको आयोजक ब्याकयार्ड अल्ट्रा नेपालका संयोजक राजिब श्रेष्ठले जानकारी दिनुभयो ।
भक्तपुरको गुण्डुस्थित सुमेरु जंगल रिसोर्टबाट बिहान ८ बजे सुरु भएर बिभिन्न ठाउँको परिक्रमा गर्दै पुन सोही रिसोर्टमा आएर सम्पन्न हुनेछ । ब्याकयार्ड अल्ट्रा म्याराथुन ७ दशमलव ७०५ किलो मिटरको हुने उहाँले जानकारी दिनुभयो ।
यो दुरी खेलाडीले बढीमा एक घण्टामा पार गनुपर्नेछ । यसका लागि खेलाडीले कम्तीमा १२ लुप हान्नु पर्नेछ । अर्थात १२ राउण्ड पार गर्नुपर्नेछ । एक घण्टाको अबधीमा एक राउण्ड पार गर्ने खेलाडीले बाँकी समय आराम गरेर पुनः अर्को राउण्ड सुरु गर्न सक्नेछ । एक घण्टामा राउण्ड पुरा गर्न नसक्ने खेलाडी स्वतः प्रतियोगिताबाट बाहिरिनेछ भने नगद पुरस्कार प्राप्त गर्नका लागि कम्तीमा १२ लुप अर्थात १२ राउण्ड पार गर्नुपर्नेछ ।
प्रतियोगितामा अन्तिम खेलाडी जसले २४ लुप अर्थात २४ राउण्ड पार गर्छ उसलाई बिजेता घोषणा गरेर नगद पुरस्कार रु. एक लाख सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
यही प्रतियोगिता अन्तर्गत सोही दिन दोश्रो खेल ६ किलोमिटरको फन रन आयोजना हुने उहाँले बताउनुभयो । यो म्याराथुनमा भने विजेता खेलाडीलाई नगद रु. तीन हजार र गिफ्ट भौचर प्रदान गरिनेछ । यो प्रतियोगितामा निर्धारित समयमा प्रतियोगिता ६ किलोमिटरको दुरी पार गर्नुपर्नेछ ।
प्रतियोगितामा १३ वर्षभन्दा तलको बालबालिकाका लागि २ किलोमिटरको फिट फ्यामिली रनमा समेत आयोजना गरिएको छ । यस प्रतियोगितामा प्रतिस्पर्धी बालबालिकालाई साथीका लागि १८ वर्ष माथिका एक जना परिवारको सदस्यसंगै सहभागि हुनुर्पेछ । यस प्रतियोगितामा विजेतालाई नगद रु. दुईहजार पुरस्कारसहित गिफ्ट भौचर प्रदान गरिने आयाृजक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालको लागि नौलो भएको र नेपालमा यसको बिकास गर्दै खेलाडी उत्पादन गर्ने लक्ष्य लिएकाले जिल्ला खेलकुद विकास समितिका निवर्तमान् अध्यक्ष दीपक थापाले बताउनुभयो । प्राकृतिक सौन्दर्यताको अनुभूति लिद जगलमा जंगली जनावर र चराचुरुङीको आवाज एवं अवलोकन गर्दै सहभागिता जनाउने म्याराथुनले शारीरिक र मानसिक रुपमा प्रतियोगिलाई स्वस्थ्य बनाउने थापाले बताउनुभयो ।
सन् २०१० बाट अमेरिकामा ग्रे सेन्ट्रेयल (न्बचथ ऋबलतचभिि–ीबशबचयक बिपभ) ले सुरु गरेको यो प्रतियोगिता नेपालमा पनि खेलाडी उत्पादन गर्ने र अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी खेलाडी नेपालबाट सहभागि हुन सक्ने गरि बिकास गर्ने लक्ष्य लिएको राजिबले बतानुभयो ।
यस प्रतियोगिताको सुरुवातसंगै टिन नेपाल–२०२५ को छनौट गर्ने र यो वर्ष ६ भक्तपुर र पोखरामा दुई महिनाको अन्तरमा तीन तीन वटा गरि ६ वटा खेल हुनेछ ।
यसबाट विजेता खेलाडीलाई सन् २०२६ मा हुने खेलाडी छनौटका लागि हुने टिम वर्ड च्याम्पियनमा नेपालको टिमबाट सहभागिता गराईने भएको छ । नेपाल टिमबाट सहभागिता जनाएर २४ लुप भन्दा बढी पार गर्ने खेलाडीलाई सन् २०२७ मा अमेरिकको टेनिसीमा प्रत्येक वर्षको अक्टोबरमा हुने विश्व च्याम्पियनसिपमा नेपालबाट सहभागि जनाउने छ । यसअघि अमेरिकामा भएको प्रतियोगितामा बेल्जियमको खेलाडीले ११० लुप हानेर विश्व विजेता बनेको थियो ।