हामीसँग जोडिनुहोस

अहिलेको शिक्षा नीतिमा परिवर्तन हुन अत्यावश्यक ःसञ्चार मन्त्री गुरुङ्ग

1 मिनेट
भक्तपुर, १३ माघ ः सञ्चार तथा सूचना प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले अहिलेको शिक्षा नीतिमा परिवर्तन गर्न अत्यावश्यक रहेको बताउनु भएको छ ।
आज सानोठिमीस्थित एसओएस स्कूलले आफ्नै प्राङ्गनमा आयोजना गरेको ‘स्पोर्टस् मिट–२०८१’ को उद्घाटन गर्दै उहाँले शिक्षा नीति परिवर्तन गरेर रोजगारीमूलक शिक्षा नीति ल्याउनु आवश्यक रहेको बताउनु भएको हो ।
मन्त्री गुरुङ्गले भन्नुभयो, “देशको व्यबस्था बदलियो, राजनीति बदलियो, नेता बदलिए तर शिक्षा नीति बदलिएन २०२८ सालकै शिक्षा नीतिले अहिलेसम्म चलिरहेको छ । अहिले हातमा सीप भएको प्राबिधिक, सीपमूलक र जीवनउपयोगी शिक्षाको आवश्यकता छ । एक हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप लिएर आत्मनिर्भर हुनसक्ने शिक्षा नीति जरुरी छ ।” अहिलेको शिक्षा नीति परिवर्तन गर्न शिक्षा ऐन संशोधनका लागि मन्त्रिपरिषद्ले पास गरेर प्रतिनिधिसभामा पठाएको उहाँले बताउनुभयो ।
समावेशी र गुणस्तरीय शिक्षा आजको आवश्यक रहेको भन्दै उहाँले समाजमा पछि परेका, हेपिएका सबै वर्गका विद्यार्थीको गुणस्तरीय शिक्षामा पुहँच पुर्याउँदै अमेरिका, क्यानडा, अष्ट्रेलिया, चीनजस्ता देशहरुको शिक्षा र सीपसंग नेपालका विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको औल्याउनभयो ।
अचेल मन्त्रालयमा गाउँगाउँबाट टेलिफोन चाहियो, टेलिफोनको टावर बनाउन पर्यो भनेर आउँने गरेको बताउदै उहाँले देशभरका घरघरमा फोर जीको इन्टरनेटसहितको टेलिफोन पुर्याउने गरि काम गरिररहेको बताउनुभयो । सरकारले सबै कार्यालयमा बिद्युतीय सुशासन कायम गर्ने गरि फाइबर लाइन बिस्तार गरिरहेको बताउदै उहाँले सबै सरकारी कार्यालय एवं वडातहसम्म इगभर्नेन्स लागू गर्ने बताउनुभयो ।
मन्त्री गुरुङ्गले विश्व एआईको जमानामा प्रवेश गरिसकेको भन्दै नेपाल पनि एआई प्रबिधिका प्रवेश गर्दै विकासमा अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले एआईको कृतिम बौद्धिकताको नीति बनाएर कृषि उत्पादनमा बृद्धि, स्वास्थ्य, शिक्षालगायतको क्षेत्रको विकासमा लाग्नु पर्ने बताउनुभयो ।
अहिलेका विद्यार्थीले सूचना प्रबिधि पढेर घरमै बसेर लाखौ कमाउन सक्ने भएको भन्दै सूचना प्रबिधिको भविश्य उज्जवल रहेकाले यसतर्फ विद्याथीको चासो अगाडि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, विद्यालयकी प्रिन्सिपल रञ्जना बजगाईलगायतले विद्यार्थीलाई गुणस्तरीय शिक्षासंगै अतिरिक्त क्रियाकपालमा पनि दक्ष र योग्य बनाउनु पर्नेमा जोड दिनुभयो ।–––

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।