हामीसँग जोडिनुहोस

सूर्यविनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन (फोटो फिचर)

5 मिनेट
भक्तपुर, १४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिर जतिनै हल्ला गरेपनि देशलाई स्थायित्व र स्थिरता दिन बनेको वर्तमान् सरकार कुनै हालतमा नढल्ने बताउनु भएको छ । सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उहाँले ठूला दुईदलबीच भएको पूर्व सहमतिअनुसार सरकार सञ्चालनमा अहिले आफूले काग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि काग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट पारे ।
सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त गराउन दुई ठुला दलको सहकार्य बनेको बताउदै उहाँले भन्नुभयो, “सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने छाती पिटाइ, कपाल लुछाइ र बिलौना गर्नुको कुनै अर्थ छैन यो सरकार उल्दैन । अब १७–१८ महिनापछि शेरबहादुर देउवाजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले पूरा पुर सहयोग गर्छु । नेकपा एमालेले पूरापूरा सहयोग गर्छ । सफल बनाउँछौं ।”
जो भए पनि विकास भइहाल्छ नी भन्ने बुझाई गलत भएको र काम गर्ने खालको पार्टी सरकारमा भएमात्रै बिकास हुने बताउदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मलाई प्रधानमन्त्रीको चकलेट देखाएका थिए, देउवाजीलाई पनि देखाए । तर त्यस्तालाई साथमा लिएर सत्ता चलाउन हुँदैन भनेर अस्वीकार गरे । देश साँच्चै अप्ठ्यारोमा परेको थियो । देश नै रहने हो कि नरहने हो, यो व्यबस्था नै रहने हो कि नरहने हो भन्ने अबस्था आयो, त्यसैले देशलाई अप्ठ्यारोबाट बचाउँन दुई ठुला दलको सहकार्यमा सरकार अगाडि बढेको छ । देशलाई एकताबद्ध बनाएर, बिकासको लहर ल्याएर सहरकार अगाडि जान्छ ।”
अहिले २०६४ सालको जस्तो डर, धम्की, त्रासको जमाना र समय नभएको भन्दै उहाँले भन्नुभयो, “त्यतिबेला क्याम्पमा लडाकु थिए, आतंक थियो, त्रास थियो । सोझा जनतालाई टाढाबाट दूरबिनले हेरेका हुन्छौँ, कहाँ भोट हाल्यो थाहा पाउँछौँ, पछि ठिक लगाउँछौँ भन्थे । उनीहरूका मान्छे मतपत्र लगाएकै ठाउँमा गएर हेर्थे । तिमी सक्दैनौँ हामी लगाइदिन्छौँ भन्थे । सरकार र प्रशासन निरीह हुन्थ्यो, त्यो जमाना अब छैन, गयो त्यो जमाना ।”
दुई प्रमुख दलहरू मिलेर सरकार चलाउँदा पनि मुलुकले विकास हुन नसके अरु विकल्प नहुने भन्दै प्रधानमन्त्री ओलीले प्रमुख दलहरू मिलेर बनेको यही सरकारले ७ सय ५३ वटा पालिकामै विकासको लहर पुर्याउने र विकासको त्यो गतिलाई चाहेर पनि कसैले रोक्न नसक्ने बताउनुभयो । एक अर्कासँग बाझेर, एक अर्कामाथि हिलो छ्यापेर भन्दा पनि मिलेर अघि बढ्नुपर्ने सुझाउँदै उहाँले पशुपतिमा पित्तल चढायो भन्नेहरु त्यो झूटो सावित भएपछि लाजै पचाएर अहिले अरु आरोप लगाएर हिलो छ्याप्ने गरेको बताउनुभयो ।
देशमा एकरत्ति सम्पत्ति नभएको मान्छेलाई कम्बोडिया र स्वीटजरल्याण्डमा सम्पत्ति छ भनेर आफूमाथि गलत आरोप लगाएको बताउदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमै मसँग सम्पत्ति छैन, अनि स्वीटजरल्याण्डमा लगेर राखेको रसिद छ भनेर निकाल्छन् । कहिले कम्बोडियामा ३२ अर्ब छ भन्छन् । टेलिकममा लगानी गरेको पैसा लुकेको पैसा हुँदैन । कसको नाम छ, गएर ल्याऊ बाँडेर खाऊ, कसलाई खान मन छ । सरकारमा दाखिल गर । अर्कोलाई चिर्कटो देखाउन लगाउने ? बिचरापछि प्रहरीले सोध्दा मैले झुटो बोलेको थियो भन्छ । यस्ता भ्रमको खेती गरेर नेपाल बिगार्ने होइन ।”
प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लाग्दा पनि अस्पतालको आइसियुमा रहेका बेलाको तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको बताउँदै भन्नुभयो, “मलाई रुघाखोकी लागेको थियो अहिले पनि निको भइसकेको छैन । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने पनि आइसीयुकक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन, आइसीयूमा बसेको देखाउँछन् । तर जे आशामा साथीहरुले आइसीयूमा देखाउँछन् त्यो आशा पुरा हुनेवाला छैन ।”
संसद्को हिउँदे अधिवेशनमा कानून निर्माणमा तिब्रता दिने बताउदै उहाँले सरकारले ल्याएको अध्यादेश पारित गर्ने र कानून निर्माणलाई संसदले तिब्रता दिने भएकाले अब संसदले बिजनेश पाएर भन्नु पर्ने अबस्था नआउने बताउनुभयो । उहाँले संविधान संशोधनमा सहमति भए छिटै हुने र सहमति नभएमा केही समय लाग्ने पसन बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, नगरप्रमुख वासुदेव थापा, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, सूर्यविनायक नगरकी उपप्रमुख सरिता भट्टराई तिमिल्सिनालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका ऐक्यबद्धताका साथ भक्तपुरको बिकास अगाडि बढेको चर्चा गर्नुभयो ।
(तस्विरहरु : रमेश गिरी)

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।