भक्तपुर, १६ माघ । पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भक्तपुरको कमलविनायक टाउन प्लानिङ स्थित रोम्वस सेकेण्डरी स्कूललाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) को प्रमाणपत्र प्रदान गर्नु भएको छ ।
कमलविनायकमा विद्यालयले आज आयोजना गरेको आईएसओ सटिर्फिकेट वितरण समारोहमा विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजूलाई उक्त प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो । आईएस्ओ सर्टिर्फिकेट प्राप्त गर्ने रोम्बस सेकेण्डरी स्कूल भक्तपुर नगरपालिकाका भित्रका विद्यालयहरुमा पहिलो र भक्तपुर जिल्लाभरिका विद्यालयहरुमा दोस्रो विद्यालय बन्न सफल भएको छ ।
एभरेष्ट इन्टरनेशनल म्यानेज्मेन्ट कन्सल्टेन्सी एण्ड टे«निङ एजेन्सी प्रा.लि.ले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरको मानकको रुपमा विद्यालयलाई आइएसओ सर्टिफिकेट दिएको हो । उक्त कन्सल्ट्यान्सीले आज बुधबार विद्यालयलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले आइएसओ प्राप्त गर्न सफल रोम्वस स्कुलले गुणस्तरीय शिक्षामा अब्बल बन्नेमा विश्वास व्यक्त गर्दै विद्यालयले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन सफल भएको चर्चा गर्नुभयो। उहाँले विद्यालयले विद्यार्थीको मात्रै नभई अभिभावकको मनोविज्ञानलाई पनि ध्यान दिनुपर्नेमा जोड दिदै ज्ञान र वुद्दि फरक विषय भएकाले अहिलेका पुस्तालाई संसारसँग प्रतिस्पर्धा गर्न सक्ने ज्ञानको जरुरी रहेको बताउनुभयो ।
आजको समयमा गुणस्तरीय शिक्षासंगै संस्कारयुक्त र नैतिकवान शिक्षाको आवश्यकता रहेको बताउदै उहाँले विद्यार्थीलाई देशभक्ति र देशप्रेमको भावना विद्यालयबाटै जगाउनु पर्ने बताउनुभयो , उहाँले भन्नुभयो ः बालबालिकालाई संस्कारयुक्त शिक्षा, नैतिक शिक्षा, सूचना प्रविधियुक्त शिक्षा र देशभक्तिपूर्ण शिक्षा जरूरी रहेको आवश्यकता छ । घरमा घरको अनुशासन, विद्यालयमा विद्यालयको अनुशासनको शिक्षा दिनु आवश्यक छ ।’
नेता नेपालले वर्तमान् सरकार भ्रष्टाचारी, निरंकुश र बेथितिले भरिएको आरोप लगाउँदै यो सरकार रहेसम्म देशले स्थिरता नपाउने बताउनुभयो । सत्ता पक्ष र प्रतिपक्ष मिलेर सरकार गठन गर्न प्रजातान्त्रिक पद्धतिको बिरुद्ध भएको भन्दै उहाँल्े देशले देशलाई निरंंकुशता तर्फ लैजाने बताउनुभयो ।
कार्यक्रममा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक शैलेन्द्र खरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता कोजू र संस्थापक प्रिन्सिपल डा. राजेन्द्र कोजूलाई प्रमाणपत्र हस्तान्तरण गरि आइएसओ प्रमाणपत्रको विषय एवं महत्वकोबारेमा जानकारी गराउनुभयो । कार्यक्रममा डा. इवामुरा मेमोरियल अस्पतालको आकस्मिक शाखाका डा.विनोद दंगालले विद्यालयले प्राप्त गरेको सफलताको लागि बधाई दिनुभयो ।
विद्यालयका प्रिन्सिपल डा. कोजूले विद्यालयले हरेक क्षेत्रमा गुणस्तरीय शिक्षा दिन कुनै कसर बाँकी नराख्ने र देशकै उत्कृष्ठ नमूनाको रुपमा पहिचान बनाउन लागिरहेको बताउदै उक्त प्रमाणपत्रसँगै विद्यालयको शैक्षिक गुणस्तर सुनिश्चितताको आधार बनेको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले बिबिध सांस्कृतिक प्रस्तुतीहरु राखेका थिए ।