
भक्तपुर, २५ असार । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिकाले विद्यालय तहदेखि उच्च शिक्षासम्म उत्कृष्ट नतिजाका साथ अब्बल बन्दै गएको बताउनु भएको छ ।
श्रीकृष्ण बहुमुखी क्याम्पसले बुधबार आयोजना गरेको प्रथम श्रेणमिा उतीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै उहाँले विद्यालय तहदेखि क्याम्सप तहसम्मको शैक्षिक गुणस्तरमा बृद्धि हुदै गएको बताउनु भएको हो ।
चाँगुनारायण नगरपालिका क्षेत्र भित्रै कक्षा ११ देखि इन्जिनियरिङ्ग कलेजसम्म सञ्चालनमा रहेको बताउदै उहाँले चाँगुनारायण क्षेत्र भित्रका कक्षा ११ र १२ अध्ययन गराउने विद्यालयहरुदेखि श्रीकृष्ण क्याम्पससम्म राम्रा भएकाले आफ्न नगरपालिका क्षेत्र भित्रका कलेजलाई रोज्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकाले विद्यार्थीहरुलाई छात्रबृत्तिको समेत व्यबस्था गर्दै आएको बताउदै देश र विदेशमा चाँगुनारायणदेखि देशक नाम राख्न सक्ने भएर असरल ह नागरिक भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा क्याम्पसमा स्नातक तहमा प्रथम वर्षमा प्रथम श्रेणीमा उतीर्ण हुने याहुष नेपाली (६५.८ प्रतिशत) र सीता खत्री (६०.८ प्रतिशतलाई) लाई नगर प्रमुख खत्रीले सम्मान गर्नुभयो । उहाँले तृतीय वर्षमा प्रथम श्रेणीमा उतीर्ण हुने सागर गिरी (६२ प्रतिशत) लाई पनि सम्मान गर्नुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यष राधाकृष्ण लामिछाने, स्कुल व्यबस्थापन समितिका अध्यक्ष मनोज गिरी, क्याम्पस प्रमुख नानीकाजी खत्री, श्रकिृष्ण मावि पूर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष पुरुषोत्तम लामिछाने, क्याम्पस स१चालक समितिका सदस्य अच्युत अधिकारी, विद्यालयका प्रधानाध्यापक श्याम श्रेष्ठ लगायतले श्रीकृष्ण माविदेखि क्याम्पससम्मको विगतदेखिको संघर्ष र उपलब्धीकाबारेमा चर्चा गर्नु भएको थियो ।